दफा ४५
विशेष अनुसन्धान विधि
(१) ऐनको दफा १९ग. बमोजिम अनुसन्धानको सिलसिलामा कुनै विशेष अनुसन्धान विधि अवलम्बन गर्दा अनुसन्धान अधिकारीले कसूरको प्रकृति, अनुसन्धानको अवस्था, विशेष अनुसन्धान विधि प्रयोग गर्नु पर्ने अनिवार्यता, त्यस्तो विधि प्रयोगको पद्धति र सीमा, प्रयोग गर्ने कर्मचारीको विवरण, क्षमता र जोखिम, सोको प्रयोगको गोप्यता, प्रचलित कानून वा कानूनी प्रक्रियाको उचित प्रयोग, प्राकृतिक न्यायको सिद्धान्तको प्रयोग गर्ने आधार र स्वार्थको द्वन्द्व कायम हुन सक्ने वा नसक्ने समेतको विवरण खुलाई त्यस्तो विशेष अनुसन्धान विधि अवलम्बन गर्नु पर्नेछ।
(२) ऐनको दफा १९ग. बमोजिमको विशेष अनुसन्धान विधि अवलम्बन गरिएमा त्यस्तो कसूर, सो कसूरको अनुसन्धान गर्ने कर्मचारी, अदालतको पूर्वअनुमति लिएकोमा सोको मिति, प्रयोग स्थल, निगरानी गर्ने पदाधिकारी र व्यक्तिहरूको विवरण र त्यस्तो विधि अवलम्बनको परिणाम जस्ता .विषयको विवरण बनाई अनुसन्धान गर्ने कार्यालयको प्रमुखको कार्यालयमा सुरक्षित राख्नु पर्नेछ।
(३) विशेष अनुसन्धान विधि अवलम्बन गर्ने अनुसन्धान अधिकारी वा कर्मचारीको पहिचान अन्य प्रचलित कानून बमोजिम सार्वजनिक गर्नु पर्ने कारण बाहेकको अवस्थामा सार्वजनिक नहुने व्यवस्था गर्नु पर्नेछ।
(४) ऐनको दफा १९ग. बमोजिमको विशेष अनुसन्धान विधि अवलम्बन गर्ने, अनुसन्धान अधिकारी वा कर्मचारीले अनुसन्धान गर्ने कार्यालयको प्रमुखलाई त्यस्तो विधि अवलम्बन गरेको दैनिक प्रगति विवरण लिखित वा मौखिक रूपमा दिनु पर्नेछ।